विराटनगर । नगर विकास कोषको सञ्चालक समितिमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया नियुक्त भएका छन् ।
रंगेलीलाई नमूना नगरको रुपमा विकास गर्न सफल विकासप्रेमी मेयर बगडीयालाई गत साउन २२ गते बसेको मन्त्रीपरिषद बैठकले कोषको सञ्चालक समितिमा नियुक्त गरेको हो ।
कोशी प्रदेशबाट मेयर बगडीया मात्र नगर विकास कोषको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएका हुन् । उनलाई नगर विकास कोष ऐन २०५३ को दफा १४ को उपदफा २(घ) बमोजिम सरकारले नियुक्त गरेको हो ।
सञ्चालक समितिमा नियुक्त भएपछि मेयर बगडीयाले नगर विकास कोषबाट दिने सेवा प्रवाहलाई सहज र सुलभ ढंगले कार्यान्वयनमा लागिने प्रतिवद्धता जनाएका छन् । ‘समग्रमा स्थानीय तहको विकास निर्माणको गतिलाई अघि बढाउन सहुलियतरुपमा ऋण उपलब्ध गराई सेवालाई सहज र सुृलभ ढंगले अगाडी बडाउन लागि पर्नेछु ।’ मेयर बगडीयाले भने ।
Loading...
© Copyright 2024 All Rights Reserved by Birat Express